२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

राष्ट्रिय सभा बैठकमा आज पाँच अध्यादेश पेस हुँदै

राष्ट्रिय सभा बैठकमा आज पाँच अध्यादेश पेस हुँदै

फाल्गुन २२ गते, काठमाण्डौ-आज राष्ट्रिय सभाको बैठक बस्दै छ। आज (बिहीबार) दिउँसो १:१५ बजे बैठक बस्ने भएको हो। बैठकमा प्रतिनिधि सभामा स्वीकृत भएका पाँच अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए। प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेस गरेका पाँच अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएका थिए। सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी अध्यादेशलाई अहिले अगाडि नबढाउन सरकार सहमत हुँदै होल्डमा राखेको छ।

प्रतिनिधि सभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो।

यी अध्यादेशलाई राष्ट्रिय सभा नियमावली बमोजिम प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ। 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media