२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

इजरायलका सुरक्षा सेवा प्रमुख बर्खास्त, नेतान्याहूविरोधी प्रदर्शन चर्कियो

इजरायलका सुरक्षा सेवा प्रमुख बर्खास्त, नेतान्याहूविरोधी प्रदर्शन चर्कियो

चैत ८ गते,काठमाण्डौ-इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणको भविष्यवाणी गर्न असफल भएको कारण देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन्।

इजरायली मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने औपचारिक निर्णयलाई अनुमोदन गरेको छ। रोनेन बारलाई अक्टोबर २०२१ मा पाँच वर्षको कार्यकालका लागि नियुक्त गरिएको थियो।

गत आइतबार नेतान्याहूले भिडियो वक्तव्यमार्फत रोनेन बारलाई बर्खास्त गर्ने मनसाय घोषणा गरेका थिए।

उनले दुईबीचको ‘निरन्तर अविश्वास’ लाई कारण देखाउँदै यो समयसँगै ‘बढेको’ बताएका थिए। नेतान्याहूको यो कदमले इजरायलमा सरकारविरोधी प्रदर्शनलाई थप बलियो बनाएको छ।नागरिक

Loading poll ...
Share on Social Media