चैत १२ गते, काठमाडौं – गाजास्थित एउटा अस्पतालमा इजरेलले हवाई आक्रमणमा आफ्ना वरिष्ठ नेता इस्माइल बार्हूमको मृत्यु भएको हमासले बीबीसीलाई बताएको छ।
इजरेलले आइतवार राति (मार्च २३ मा) नासिर मेडिकल कम्प्लेक्समा हवाई आक्रमण गरेको थियो। उक्त घटना बीबीसी अरेबिक टीभीको प्रत्यक्ष प्रसारणका बेला पनि देखिएको थियो।
इजरेली सेना (आईडीएफ)ले एक “मुख्य लडाकु”लाई निसाना बनाइएको बताएको छ।
उसले गाजामा थप सैनिक पठाउने र फेरि सैन्य कारबाही थाल्ने सङ्केत दिएको छ।
भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस्
https://www.facebook.com/share/r/1BVw9Z3FxA/
बीबीसी नेपाली