२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बालेनको विदेश भ्रमणको बेरुजु ५२ लाख ५४ हजार

बालेनको विदेश भ्रमणको बेरुजु ५२ लाख ५४ हजार

जेठ २७ गते, काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को विदेश भ्रमणका क्रममा ५२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको खुलासा भएको छ ।

विभिन्न समयमा विदेश भ्रमणमा जाँदा उनले अनुमतिबिना सो रकम खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदन ०८२मा औँल्याइएको छ । प्रतिवेदनमा भ्रमण खर्चबापत कुल ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा खर्च देखिएको र अधिकांश भुक्तानी नियमसंगतत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

बाह्रखरी

Loading poll ...
Share on Social Media