चैत्र १३ गते,काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।
यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।
“नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई,” अमेरिकी दूतावासले भनेको छ, “अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।”
राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपाका वरिष्ठ नेता शाहलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका थिए । बालेनले आजै पदभार सम्हालीसकेका छन् ।

समाचार ब्यूरो
नेपाली मिडिया नेटवर्क