२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ

भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ

चैत २,काठमाडौं  – काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ  बिहीबार एक्स्पो सुरु भएको हो। 

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा एक्स्पो सुरु भएको हो। एक्स्पोमा व्यावसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एक र फुड स्टल एकसहित जम्मा ७३ वटा स्टल रहेको फ्लोरिकल्चर तथा मेलाका आयोजकले दिएको छ । 

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीले उत्पादन गरेका फुल र बिरुवाका विधागत स्टल राखिएका छन्। उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट मौसमी फुल, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) तथा  उत्कृष्ट पुष्प सजावट प्रतिस्पर्धा गराइएको आयोजकले जानकारी दिएको छ।

नर्सरी व्यवसायीले उत्पादन गरेका आलङ्कारिक फुल, बिरुवा, मौसमी फुल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावट जस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराएर पुरस्कृत गरिने छ।

एक्स्पोलाई ५० हजार जनताले अवलोकन गर्ने अनुमान गरिएको छ। मेलामा  करिब एक करोडसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकले लिएको छ। एक्स्पोमा ५० रुपियाँदेखि १० हजार मूल्य पर्ने फुल तथा बिरुवा विक्री वितरणका लागि राखिएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

 

Share on Social Media