२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

नेपाल समाजवादी पार्टी बिभाजित एक समूह माओवादीमा समाहित

नेपाल समाजवादी पार्टी बिभाजित एक समूह माओवादीमा समाहित

चैत्र ३,काठमाडौं – बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । अध्क्षय महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो । यादवसहित भट्टराईसँग लामो समय देखी सहकार्य गर्दै आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत्र ३ गते बिहान माओवादी र अध्क्षय महेन्द्रराय यादव पक्षधर बीच एकता गर्ने सहमति गरेका थिए ।

सहमति गर्न बसेको बैठकमा माओवादीका तर्फ बाट अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका तर्फ बाट अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएका थिए । उक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’

सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

Share on Social Media