२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

आज संसदमा प्रधानमन्त्री सँग प्रस्नोत्तर हुँदै

आज संसदमा प्रधानमन्त्री सँग प्रस्नोत्तर हुँदै

चैत्र ६, काठमाण्डौंआजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यतालिका तय गरिएको छ। 

बैठक बिहान ११ बजे बस्ने तय गरिएको छ। बैठकमा  प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिनुहुनेछ ।

संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउने र संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

राष्ट्रिय सरोकारका समसामयीक विषयमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको छ । यसै अनुसार गत फागुन ६ गते पनि प्रधानमन्त्री दाहालले सांसदका प्रश्नहरुको जवाफ दिनुभएको थियो।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

Share on Social Media