२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

कृषि मन्त्री शाहको जानकारी सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिँदै

कृषि मन्त्री शाहको जानकारी सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिँदै

चैत्र १२,काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयमा आायेजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री साहले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचयपत्र दिनेगरी लागिपरेको जानकारी दिनुभयो उहाँले सबैजना एकाकार भएर फौजी तरिकाले कम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताउनुभयो ।

‘‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ । हुनत मैले मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरुलाई पहिचानका लागि किसान परिचयपत्र दिनेगरी लागेका छौँ । अहिले ०८० चलिरहेको छ, ०८१/०८२ भित्रमा किसानहरुलाई पहिचान गर्नेगरी परिचयपत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रुपबाट हामीले सबैजना सहमत हुनुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘सबैजना एकाकार भएर फौजी टाइपको काम गर्नुपर्छ । हिमालमा च्याङ्ग्रा हुन्छ, यार्सागुम्बा हुन्छ, अरुअरु जडीबुटी हुन्छ भने त्यसमा किन हाम्रोतर्फबाट हामीले किन साथ नदिने त । त्यसका लागि हामी बजेटबाट हुन्छ कि वा हामी भौतिक हिसावबाट अनुगमन गरेर हुन्छ, के गरेर हुन्छ, त्यसमा हामी जोड दिएर कम्तीमा च्याङ्ग्रा पालनमा पनि हाम्रो किसानहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रम समावेश हुनुपर्छ ।’’

मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताउनुभयो । उहाँले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषदबाट पारित गरी राष्ट्रिय फल घोषणा गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मन्त्रीका हिसाबले पनि म केही दिनमा मन्त्रिपरिषदबाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकी नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब पाँच/छ जना बसे पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कु चाहिएन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजान म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’’

मन्त्री ज्वालाले दुई लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताउनुभयो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media