२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

काठमाडौं महानगरले यसरी मनायो २९ औं स्थापना दिवस हेर्नुहोस भिडियोमा

काठमाडौं महानगरले यसरी मनायो २९ औं स्थापना दिवस हेर्नुहोस भिडियोमा

काठमाडौं : काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा काठमाडौंको टुडीखेलमा शुक्रबार आयोजित विशेष समारोहमा महानगरले आफ्नो स्थापना दिवस मनाएको हो।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयको परेड, विभिन्न समूहका बाज्य-बादनसहित सांस्कृतिक र्‍याली निकालियो थियो ।

२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

यस्तै, महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्ति तथा महानगरमा कार्यरत कर्मचारीहरूलाई समेत सम्मानित गरेको छ।

यी हुन् सम्मानित हुनेहरू:
सन्दुक रूइत -वरिष्ठ नेत्र विशेषज्ञ
मनीषा कोइराला -कलाकार
दुर्गालाल श्रेष्ठ -जनकवि
वैकुण्ठ मानन्धर -म्याराथन
मनोहरलाल भण्डारी -स्ट्रक्चरल इञ्जिनियर
मीरा चौधरी -एआइजी
बालगोपाल महर्जन -पूर्वकप्तान फुटबल
पारस खड्का -पूर्वकप्तान क्रिकेट
एरिका गुरूङ -कराते
सदिना श्रेष्ठ -महिला बास्केटबल कप्तान

नेपाली मिडिया नेटवर्क
समाचार ब्युरो

Share on Social Media