२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नम्बर २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नम्बर ३, महाराजगन्जमा ११ र १२ गते, वडा नम्बर २६, लैनचौरमा १४ गते, वडा नम्बर २०, भीमसेनस्थानमा १६ गते, वडा नम्बर २१, यंगालमा १७ गते, वडा नम्बर २३, ओमबहालमा १८ गते र वडा नम्बर १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नम्बर २, लाजिम्पाटमा २४ गते, वडा नम्बर २४, मखनमा २५ गते, वडा नम्बर २२, टेबहालमा २६ गते, वडा नम्बर १८, नरदेवीमा २७ गते, वडा नम्बर १९, कङ्केश्वरीमा २८ गते, वडा नम्बर ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउने छन् । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ । रासस

Share on Social Media