२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

वैशाख १०,काठमाडौँ-सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।

मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुईदिने नेपाल भ्रमणमा आउँदैछन् ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media