२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

घाइते अवस्थामा बाघ देखा परेपछि वनमा प्रवेश निषेध

घाइते अवस्थामा बाघ देखा परेपछि वनमा प्रवेश निषेध

कञ्चनपुर, वैशाख १५ गते । शुक्लाफाँटा नगरपालिका-८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्रमा प्रवेश रोक लगाइएको छ । सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्रमा प्रवेश रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ”, उहाँले भन्नुभयो, “बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन ।” चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको वासस्थानका रूपमा रहेको छ ।

शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काट्न गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ । रासस

Share on Social Media