२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

एमाले भोजपुरको नेतृत्वमा मकर खड्काको प्यानलनै विजयी

एमाले भोजपुरको नेतृत्वमा मकर खड्काको प्यानलनै विजयी

बैशाख २३,भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष मकर खड्काको प्यानलनै विजयी भएको छ ।

अध्यक्षका अर्का प्रत्यासी शरणकुमार राईलाई ९४ मतको अन्तरले पराजित गर्दै खड्का जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्काले ३१७ मत ल्याउँदा राईले २२३ मत पाउनुभएको थियो।

अध्यक्षमा निर्वाचित हुनुभएका खड्का निवर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो भने राई निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । दुवै जनाले प्यानल बनाएर प्रतिस्पर्धा गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षमा किरण राई निर्वाचित हुनुभएको छ। उहाँले ३११ मत ल्याउदा उहाँका प्रतिस्पर्धि कृपाशुर शेर्पाले २१६ मत ल्याउनुभएको छ । निवर्तमान जिल्ला सचिव रहनुभएका राई पौवादुङमा गाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ ।

सचिवमा एक्सन राईले ३४७ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धि ज्ञानेन्द्र कार्कीले १६८ मत पाउनुभएको छ ।

खुल्ला उपसचिवमा दौलत राई निर्वाचित हुनुभएको छ । राईले ३०४ मत ल्याउँदा उपसचिवका अर्का उम्मेदवार जगत चौहानले १७३ मत मात्र पाउनुभएको थियो । यसैगरी महिला उपसचिवमा रमा राई निर्वाचित हुनुभएको छ। रमाले २९२ मत ल्याउँदा उहाँकी प्रतिस्पर्धि मेरिका राईले २१६ मत मात्र प्राप्त गर्नुभएको थियो ।

पदाधिकारीमा निर्वाचित हुनुहुने सबै मकर खड्का समूहका हुनुहुन्छ । नेताहरुले सहमतिमा नेतृत्व चयनको प्रयास गरेपनि सर्वसम्मत हुन नसकेपछि दुई समूहले फरकफरक प्यानल बनाएर चुनाव लडेका थिए।

नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधिमध्ये शनिबार सम्पन्न निर्वाचनमा ५७३ जनाले मतदान गरेका थिए ।

नवौं अधिवेशनबाट निर्वाचित सबै पदाधिकारीलाई स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले साथ दिनुभएको थियो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media