बैशाख ३०,काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका गर्नुभएको छ ।
सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हो ।
सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यू ले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ,” उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क