२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

मृतक सुजन रावत र वीरेन्द्र शाहको आफन्त बालकुमरीको सडकमा उत्रिए

काठमाडौँ- आज दिउँसो ललितपुरको बालकुमारीमा वीरेन्द्र शाह र सुजन रावतका आफन्तले विरोध प्रदर्शन गरेका छन् ठूलो संख्यामा उपस्थित आफन्तहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।

प्रदर्शनमा सहभागी आफन्तले हत्यारा सरकार मुर्दाबाद जनतामारा सरकार चाहिँदैन युवा मार्न पाइँदैन, राज्य आतंक बन्द गर, नालायक हत्यारा गृहमन्त्री राजीनामा दे, राेजगारीकाे हक ग्यारेन्टी गर, शान्ति सुरक्षा कायम गर पीडित लाई न्याय दे,हाम्रो आन्दोलन जारिछ लगायत नारा लगाएका छन् ।

अस्ति शुक्रबार दिउँसो ललितपुर जिल्लाको बालकुमारीमा ईपीएस परीक्षाको लागि फारम भर्न पाउनु पर्ने माग गर्दै जम्मा भएका युवा माथि प्रहरीको अन्धाधुन्ध लाठी चार्ज असुल ग्यास र हवाईफायरजस्ता ज्यादती बाट सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media