२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग

क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग

काठमाडौँ, जेठ २५ गते । नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ । महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घकी महासचिव विना श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल सङ्घकी अध्यक्ष पेम्बा डोल्मा लामाले हस्तान्तरण गर्दै गङ्गाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संङ्गीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएको छ । रासस

Share on Social Media