२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

गण्डकी, जेठ २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ । सोमबार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएका उहाँले आज पत्र लेखेर उक्त आग्रह गर्नुभएको हो ।

नेपालको संविधान र प्रदेश सभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकांक्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ”, उहाँले भन्नुभएको छ ।

राजनीतिक दलबिचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहनुभएका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख गर्नुभएको छ । उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गर्नुभएको छ । रासस

Share on Social Media