२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

तातो हावाबाट बच्न प्रशस्त मात्रामा कागती पानी पिउन आग्रह

तातो हावाबाट बच्न प्रशस्त मात्रामा कागती पानी पिउन आग्रह

काठमाडौँ, जेठ २९ गते । तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीले तापक्रम बढ्दा थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्र आउने, बेहोस हुने, मांसपेशी दुख्ने, वान्ता हुने, झाडापखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन आग्रह गर्नुभयो ।

तातो हावा ‘लू’ ले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई बढी असर गर्ने हुँदा विशेष ध्यान दिन डा.अधिकारीको आग्रह छ ।

डा. अधिकारीका अनुसार तातो हावाबाट बच्न प्रशस्त मात्रामा पानी पिउन, बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने, हल्का खालको शीतल हुने कपडा लगाउन, चिसो पानीले नुहाउन, खेतबारीमा वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल काँक्रो लगायत घरमै बनाएको ताजा खानेकुरा खाने गर्नुपर्छ ।

दिउँसो सकभर घर बाहिर ननिस्कन, क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, धूम्रपान तथा मदिरा सेवन नगर्न उहाँको अनुरोध छ ।

डा.अधिकारीकारीले तातो हावाले मुटुको चल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने रक्तचाप कम हुजे शरीरबाट पसिना ननिसकने, टाउको अत्यधिक दुःखने, चक्सर लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्त अस्पतालमा लैजान सुझाव दिनुभयो ।गोप

Share on Social Media