२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

क-कसले आज राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउँदै छन् ? हेर्नुहोस नामवली

पुष २३ काठमाण्डौं – नेपाली कांग्रेसबाट कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीमा विष्णु देवी सापकोटा,कर्णालीमा कृष्ण रोकाया,सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराउने भएकाछन् ।

त्यसैगरी एमालेबाट कोशीमा महिलातर्फ सुनसरीकी रुक्मिणी कोइराला , पुरुषतर्फ भोजपुरका पर्शुराम अधिकारी, मधेशबाट महिलामा पर्साकी उषादेवी थरुनी , पुरुषमा महोत्तरीका अर्जुनकुमार सिंह,बागमतीबाट महिलातमा दोलखाकी रोचकुमारी चौलागाईं, पुरुषमा चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक/अपंगता बाट काठमाडौंका विवेक देवकोटा , दलिततर्फ धादिङका धुर्बबराज विश्वकर्मा ,गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, पुरुषबाट स्याङ्जाका चक्रबहादुर पराजुली , अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन लुम्बिनीमा महिला तर्फ दाङकी तुलसाकुमारी केसी ,पुरुषतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती,कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, पुरुष तर्फ मुगुका डिल्लीप्रसाद भट्ट , दलिततर्फ दैलेखका हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, पुरुषतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल ,अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशीले मनोनयन दर्ता गराउने भएकाछन्।

त्यसैगरी नेकपा माओवादीबाट कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दले मनोनयन दर्ता गराउँदै छन्।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि आज २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।

 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media