२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौँ, असार ११ गते । प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राख्नुभएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । सभाको आजको बैठकमा ३१ जना सांसदले राख्नुभएको उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

यसअघि सभामुख देवराज घिमिरेले खर्च कटौतीका प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुभएको थियो । विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि सांसद प्रेम सुवाल, डा.अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही र शान्ति विकले खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।

बैठकले सांसद रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाईँ, डा.धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाहले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत अस्वीकृत गरेको थियो । रासस

Share on Social Media