२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

७८ वर्षको बृद्धा अवस्थामा देशको चिन्ता गर्दै घुम्ती सत्याग्रहमा

७८ वर्षको बृद्धा अवस्थामा देशको चिन्ता गर्दै घुम्ती सत्याग्रहमा

पुष २५, काठमाण्डौं – दिनको ३ बजेको थियो म काम विशेषले काठमाण्डौंको गोंगबुबसपार्क पुगेको थिए । आफ्नो गन्तव्यमा पुग्न् हिँडेका मानिसहरूको भीडमा एकजना बृद्ध आफ्नो शरीरभरि ब्यानर र प्लेकार्ड लिएर बसेका थिए। यो दृश्य मेरो लागि नयाँ चाई थिएन किनकि लामो समय देखि उहाँलाई मैले काठमाण्डौका विभिन्न ठाउँमा देखिरहेको थिए ।

आज उहाँ सँग मेरो जम्काभेट भयो उहाँले सोध्नुभयो काहाँ जाने? तपाईं काहाँ को? मलाई लाग्थ्यो उहाँ केही समस्याले यस्तो गर्दै हिड्नुहुन्छ होला । मैले ब्यानर नियाले अनि भने म यहीँको हो । कतै बाहिर जानेहो कि भनेर सोधेको म मलाई बाहिर लाने मान्छे खोज्दै छु, कुराकानी सुरुगरियो ।मैले सोधें तपाईंको नाम? उहाँले आफ्ना कुरा राख्न सुरु गर्नु भयो, म टंक प्रसाद आचार्य, म एउटा जमिन्दारको छोरो सानैमा गाडी देखि सबै सुख सुविधा भोग गरेको मान्छे ।

मैले सोधें तपाईं यसरी हिँडेको कतिभयो ? जवाफमा २०५७ सालदेखि म यो आभियान सञ्चालन गरिरहेको छु ,मैले यो देशका न्यायाधीश सरकार प्रमुखहरुलाई यो देशका संमग्रह समस्या समाधानको उपाय बताउँदै आए उनीहरूले कुनै सुनवाई गरेनन् त्यसैकारण अस्ति २०८० साल असोजमा ज्ञापन पत्र बुझाएर अब जनताकोमा जान्छु भनेर हिँडेको छु ।

मलाई सबैले चिन्छन् गिरिजा ,शेरबहादुर, ओलि , प्रचण्ड लगाएत नयाँ रविले पनि चिन्छन् , इसबै देश लुट्न आएका हुन् । उनी राजनीति कर्मी सँग असन्तुष्टि जनाउँदै थिए ।

छोरा छोरी अमेरिका जर्मन तिर छन् नातिनिले उतै जाऊ भनी लिन आएकी थिन तर मैले असुइकार गरिदिए, मेरो देशको यो हालत छ म जान सक्दिन मेरो शिक्षा ज्ञान मेरो देशका लागि खर्च गर्छु भनिदिए, उनले भने । श्रीमतीको काठमाण्डौमा घर नबनाईदिएकोमा गुनासो भएको उनले सुनाए ।

कुरागर्दै जाँदा उनी झट्ट हेर्दा जस्तो रहेनछन् उनीलाई देशको समग्र विषयमा जानकारी रहेको पाइयो । एक सचेत अभियन्ताको रुपमा पाइयो। ७८ वर्षको बृद्ध अवस्थामा देश परिवर्तनको हुटहुटी र सत्याग्रहको शैली आफैमा फरक र सिर्जनशील भन्दा अतिशयोक्ति नहोला कि?

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

Share on Social Media