२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्दा, केही यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्दा, केही यात्रु बेपत्ता

असार २८ गते चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने नखुलेको जनाएको छ ।

७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media