२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

माघी महोत्सव मनाउने क्रममा टुँडिखेलमा हिजो भएको घटना( तस्बिर र भिडियो)

माघी महोत्सव मनाउने क्रममा टुँडिखेलमा हिजो भएको घटना( तस्बिर र भिडियो)

माघ २,काठमाडौँ — माघी महोत्सव मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले सोमबार टुँडिखेलमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरेका थिए ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका थिए।

ही

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर छन् ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

Share on Social Media