२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर (झापा), साउन ४ गते । गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपियाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका नुुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । “चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात् १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ” उहाँले भन्नुभयो ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात १९ अर्व ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०/०८१ म १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व सङ्कलन भएको छ । सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको सङ्कलन भएको हो । रासस

Share on Social Media