२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा.राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । रासस

Share on Social Media