२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

डेङ्गी नियन्त्रणमा सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

डेङ्गी नियन्त्रणमा सरकारलाई निर्देशन दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौँ । मुलुकभर डेङ्गीको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले उक्त प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावमा डेङ्गीको प्रकोपका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामी भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकाले डेङ्गीको प्रभावकारी नियन्त्रणका एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन माग गरिएको छ । उक्त प्रस्तावमाथि सांसदहरू कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गर्नुभयो ।

सो प्रस्तावमाथिको छलफलमा सांसद विराजभक्त श्रेष्ठ, ऋषिकेश पोखरेल, योगेशकुमार भट्टराई, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, असिम साह, सुशीला श्रीपाली ठकुरी, डा तोसिमा कार्की, उर्मिला माझी, अशोककुमार चौधरी, ठाकुरप्रसाद गैरे, सीताकुमारी राना, निशा डाँगी र रामकृष्ण यादवले डेङ्गीको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गर्नुभयो । रासस

Share on Social Media