२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

शेर बाहादुर देउवाले गरे प्रधानमन्त्री र मन्त्रीहरु सँग छलफल

शेर बाहादुर देउवाले गरे प्रधानमन्त्री र  मन्त्रीहरु सँग छलफल

काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच आइतबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सो पार्टीका नेताहरु गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

छलफलमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media