२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

युकेको मौसमी कामदार भिसा खुलाउन पहल गरिदिन सरकार सँग वैदेशिक रोजगार व्यवसायीको माग

युकेको मौसमी कामदार भिसा खुलाउन पहल गरिदिन सरकार सँग वैदेशिक रोजगार व्यवसायीको माग

काठमाडौं । युकेमा नेपालबाट मौसमी कामदार (सिजिनल भिसा)मा नेपाली श्रमिक पठाउन लगाइएको रोकलाई खुलाउन सरकारले पहल गरिदिन वैदेशिक रोजगार व्यवसायीले माग गरेका छन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडले बुधबार गरेको एक कार्यक्रममा उनीहरुले सन् २०२२ पछि युकेले नेपालबाट कृषि क्षेत्रमा सिजिनल भिसामा श्रमिक लैजान लगाएको रोक खुला सरकारी तहबाट प्रयास गर्नुपर्ने बताएका हुन् ।

गोफण्ड इन्टरनेसनल लिमिटेडका सल्लाहकार क्रिस रोबकले रोक लगाउदा नेपाली श्रमिकको अवसर गुमिरहेको बताए । ‘युकेको कृषिमा सिजिनल भिसामा आप्रवासी श्रमिकको माग धेरै छ’ उनले भने, ‘तर नेपाल त्यो अवसरबाट वञ्चित छ ।’

उनका अनुसार युकेले वार्षिक ४५ हजार बराबरको आप्रवासी श्रमिक भित्राइरहेको छ । तर युकेले भने नेपाली श्रमिक लैजान बन्द गरेकाले यो अवसर नेपालले गुमाउनु परेको उनले बताए ।

नेपालबाट श्रमिक सिजिनल भिसा पठाउदा म्यानपावार कम्पनीबाट श्रमिक ठगिएको, भिसा सकिएपछि गैरकानुनी बसाइजस्ता कारण देखाएर युकेले नेपालबाट सन् २०२३ बाट श्रमिक लैजान बन्द गरेको थियो । सन् २०२२ मा ३ हजार ६०० श्रमिक सिजिनल भिसामा युके गएका थिए । तर त्यसपछि श्रमिक लैजान मानेको छैन ।

तर अब भने युकेले श्रमिक लैजान लगाएको रोकलाई खुलाउन नेपाल सरकारले प्रयास थाल्नुपर्ने रोबकले बताए । ‘सन् २०२९ सम्म युकेले यही भिसामा श्रमिक लैजानेछ’ उनले भने, ‘अहिलेकै अवस्था रह्यो भने नेपाली श्रमिकले यो अवसर पाउने छैनन् । नेपाल सरकारले श्रमिक पठाउने कुरामा पहल थाल्नुपर्छ ।’

कार्यक्रममा सहभागी व्यवसायीले नेपाल सरकारले युके सरकारसँग श्रमिक पठाउने विषयमा प्रयास नगर्दा नेपाली श्रमिकले अवसर गुमाइरहेको धारणा राखेका थिए । अनलाइखबर

Share on Social Media