२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

विपिनको फोन गाजामा भेटियो, हमास नियन्त्रणमा रहेको पुष्टि

विपिनको फोन गाजामा भेटियो, हमास नियन्त्रणमा रहेको पुष्टि

असोज २२ गते, काठमाण्डौं-इजरायलमा हमासले गरेको आक्रमणको सोमवार एक वर्ष पूरा भएको छ। आक्रमणको समयमा बन्धक बनाइएका मध्ये हालसम्म ९७ जनाको अवस्था अज्ञात नै छ। जसमा नेपालका विपिन जोशी पनि छन् ।

इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो।

बीबीसीका अनुसार हालसम्म हमासको नियन्त्रणमा रहेका ९७ जनामध्ये विपिन पनि एक हुन्। बीबीसीले सार्वजनिक गरेको बन्धक बनाइएकाहरूको समाचारको सूचीमा विपिनको पनि नाम समावेश छ। जसको पुष्टि बीबीसी र केही विश्वसनीय गोप्य स्रोतले गरेका छन्।

बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए। विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेका छन् र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ।

कृषि अध्ययनका लागि विपिन इजरायल गएका थिए। उनीसँगै अध्ययनका लागि गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो। तर, विपिनको अवस्थाबारे भने हालसम्म पनि कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।एजेन्सीको सहयोगमा

Share on Social Media