२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

गृहमन्त्रालयले सामाजिक सञ्जालमा अरूको चरित्रहत्या गरे कार्बाही गर्ने

गृहमन्त्रालयले सामाजिक सञ्जालमा अरूको चरित्रहत्या गरे कार्बाही गर्ने

मंसिर १४,काठमाडौं-के तपाईंको सामाजिक सञ्जालमा अरुलाई लक्षित गरी पोस्ट गर्ने बानी छ ? त्यसो हो भने सावधान अब गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको छ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेयषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनुहुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

गृहको सूचना

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media