२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

दुर्गा प्रसाईले एकयुवालाई प्रयोगगरी भारतीय नम्बरबाट व्यवसायीलाई थर्काउने गरको खुलासा

दुर्गा प्रसाईले एकयुवालाई प्रयोगगरी भारतीय नम्बरबाट व्यवसायीलाई थर्काउने गरको खुलासा

मङ्सिर १४ गते,काठमाडौँ-नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरुलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर साविक मौवा गाविस वडा नं. ६ घर भई हाल जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआली बस्ने वर्ष ३६ को नविन प्रधान भन्ने हरिचन्द्र फुयल हुन् ।

उनले नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरुलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरुलाई आतंकित पारेका थिए ।

बुधबार बेलुका झापा, मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरे पछि सो कुराको खुलासा भएको हो । पक्राउपछि प्रारम्भिक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल ब्यावसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको खुलेको प्रहरीदले जनाएको छ । उनी यसअघि पनि विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुलेको प्रहरीले जनाएको छ । उनको साथबाट भिभ र रेडमी कम्पनीका १/१ थान मोबाइल बरामद भएका छन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media