२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

शेरबहादुर देउवाले चाँडै नै संविधान संशोधनको प्रक्रिया सुरु गर्ने बताउनुभएको छ

शेरबहादुर देउवाले चाँडै नै संविधान संशोधनको प्रक्रिया सुरु गर्ने बताउनुभएको छ

मङ्सिर २१ गते,विराटनगर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडै नै संविधान संशोधनको प्रक्रिया थालिने बताएका बताउनुभएको छ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संसद्ममा दुईतिहाइ पुग्ने गरी छलफलपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्ने उल्लेख गर्नुभयो । अहिलेको संसदीय प्रणाली नै उपयुक्त भएको र उपराष्ट्रपति भूमिकाविहीन भएकाले राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुनुपर्ने उहाँले बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऋण नलिने सम्झौता गरेको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयो । त्यस्तै, उहाँले दुईदलीय वर्तमान सरकारबाट जनताहरू खुसी रहेको धारणा राख्नुभयो ।

गगन थापालाई उत्तराधिकारी बनाउन लाग्नु भएको भन्ने सञ्चार कर्मीको जिज्ञासामा देउवाले पार्टीको आगामी महाधिवेशन तोकिएको समयमा नै हुने बताउँदै आफूले सभापति उठ्न नपाउने र उत्तराधिकारी आफूले घोषणा गरेर मात्र नहुने उल्लेख गर्नुभयो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media