२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

कृषि निर्माण लगायत अन्य क्षेत्रमा पनि नेपाली कामदार इजरायल पठाउने सरकारको तयारी

कृषि निर्माण लगायत अन्य क्षेत्रमा पनि नेपाली कामदार इजरायल पठाउने सरकारको तयारी

मङ्सिर ३० गते, काठमाण्डौं-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा कृषि र निर्माणसहितका क्षेत्रमा कामदार पठाउनका लागि गृहकार्य अघि बढाएको जनाएको छ । 

इजरायलमा नेपाली कामदार केयरगिभर बाहेक कृषि, निर्माण लगायत अन्य क्षेत्रमा लैजान प्रक्रिया शुरु गरिएको हो । 

कृषि प्रविधि हस्तान्तरण गर्ने सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण लगायत अन्य क्षेत्रमा थप सीपयुक्त जनशक्ति पठाउने विषयमा इजरायली पक्षसँग छलफल सुरु गरेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

यसैबीच मन्त्रालयले नेपाल र इजरायलबीच द्विपक्षीय श्रम सम्झौता अनुसार केयरगिभरका लागि छनोटमा परेका कामदारलाई पठाउन गृहकार्य गरिरहेको छ । 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media