२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजनालाई काठमाडौं पठाइयो

भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजनालाई काठमाडौं पठाइयो

टक्सार (भोजपुर) । जिल्लाको बोखिममा जीप दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० मध्ये गम्भीर अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जीप आज बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जीपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उनले जानकारी दिए ।  

गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घाइते अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उनले दुर्घटनामा झापा गौरादहका ६६ वर्षीय झम्कबहादुर घले, सोही ठाउँकी ५८ वर्षीया देवीकला घले, इलामका ४२ वर्षीय नविनकुमार राई, निजका ३१ म्हिनाका छोरा निगेल राई, भोजपुर बोखिमका ३५ वर्षीया लाक्पादिकी शेर्पा, बोमिमका ४० वर्षीया जुनुका राई, सोही ठाउँका रामकुमार राई, चालक धरानका ४० वर्षीय सुदिप लिम्बु, बोखिमका ४१ वर्षीय राजकुमार राई, धरानका ३८ वर्षीया इयाहाराना सुब्बा र इलामका ३३ वर्षीया मेनुका घले घाइते भएका जानकारी दिए । रासस

Share on Social Media