२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो

भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो

नयाँ दिल्ली, पुस २२ गते । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्षिणी राज्यमा दुई वटा घटनाहरू पुष्टि भएका थिए ।

गुजरातमा एचएमपिभी केस पुष्टि गर्दै राज्यका स्वास्थ्य मन्त्री रुषिकेश पटेलले भन्नुभयो,“ दुई महिनाको शिशु छिमेकी राज्य राजस्थानबाट आएको हो ।” देशमा तीन वटा एचएमपिभी मामिलाहरू फेला परेको प्रतिक्रियामा राष्ट्रिय राजधानी दिल्लीमा आवश्यक स्वास्थ्य तयारी उपायहरू सुरु गरिएको छ । रासस/सिन्ह्वा 

Loading poll ...
Share on Social Media