२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

काठमाण्डौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने शर्तमा रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

काठमाण्डौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने शर्तमा रविलाई प्रहरीले लगायो परिवारको जिम्मा

पुष २६ गते, काठमाडौं – काठमाण्डौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने सर्थमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरीलाई परिवारको जिम्मा लगाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला अदालत कास्कीको आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो । रविको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् ।

सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका सात प्रतिवादीमध्ये ६ जना आजै धरौटी बुझाएर रिहा भएका छन् ।

रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media