२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

एमालेले ०८२ साल भदौमा विधान अधिवेशन गर्ने

एमालेले ०८२ साल भदौमा विधान अधिवेशन  गर्ने

माघ ९ गते, काठमाण्डौ-नेकपा एमालेले आगामी विधान अधिवेशनको मिति र स्थान तय गरेको छ। अधिवेशन आगामी २०८२ भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने निर्णय भएको छ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले यो मिति र स्थान तोक्ने निर्णय गरेको हो। यस अघि एमालेले २०७८ साल असोजको दोस्रो सातामा विधान अधिवेशन सम्पन्न गरेको थियो। सो अधिवेशनबाट १६ वटा प्रस्ताव पारित भएका थिए।

नयाँ मितिसँगै विधान अधिवेशनले पार्टीको आगामी योजना र रणनीतिमा महत्वपूर्ण निर्णय गर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

यसअघि एमालेले २०७८ साल असोज दोस्रो सातामा विधान अधिवेशन सम्पन्न गरेको थियो। उक्त अधिवेशनमा १६ वटा प्रस्ताव पारित भएका थिए।

बैठकमा भएका निर्णयहरू यस प्रकार छन्:

१. माघ, फागुन र चैत्र महिनामा वडा-केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गरिने। अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनका लागि प्रदेश र जिल्ला कमिटीले योजना निर्माण गर्ने।
२. अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने।
३. पार्टीको विधान अधिवेशन २०८२ साल भदौ २०-२२ गते ललितपुरको गोदावरी सनराइज हलमा आयोजना गर्ने।
४. वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media