२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

अमेरिकामा ट्रम्पको विजय सँगै तीन नेपाली निष्कासित

अमेरिकामा ट्रम्पको विजय सँगै तीन नेपाली  निष्कासित

माघ १० गते,काठमाडौं – गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो। 

स्रोतका अनुसार तिनै जना गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। गत साता एयर इन्डियाको जहाजबाट उनीहरू काठमाडौं आइपुगेका हुन् । उनीहरूले अमेरिकामा कस्तो कानुन उल्लंघन गरेको भन्ने विषयमा खुलेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी तरिकाले बसोबास गर्ने आप्रवासीहरू आतंकित बनेका छन्। उनले सपथ लिएकै दिन आप्रवासनसम्बन्धी नयाँ कार्यादेश जारी गरेका छन्। जसअन्तर्गत गैरकानुनीरूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता पठाउने  नीति ट्रम्प प्रशासनले लिएको हो। राष्ट्रपति ट्रम्पले यसविरुद्ध कडारूपमा लाग्ने बताएका छन्।

यसअघि पनि अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरू निष्कासनमा परेका घटनाहरू आउने गरेका थिए। 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media