२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

प्रचण्ड ओली भिडन्त,सेरा दरबार प्रकरण सदनमा उठाउन एमाले सांसदलाई ओलिको निर्देशन

प्रचण्ड ओली भिडन्त,सेरा दरबार प्रकरण सदनमा उठाउन एमाले सांसदलाई ओलिको निर्देशन

माघ १६ गते, काठमाण्डौ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै ‘दरबार निल्ने घाँटीको नली कत्रो होला ?’ भन्दै व्यङ्ग्य गरेका छन्। मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहालको नाम नलिएर यस्तो बताएका हुन्। 

पछिल्लो समय दाहालनिकट पात्रहरू जोडिएर नुवाकोटको सेरा दरबारको जमिन दुरुपयोग भएका समाचार बाहिरिएका थिए। त्यसैतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेका हुन् । 
‘हामीमाथि औला ठड्याउनेहरूको अहिले म केही भनिरहन चाहन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘घाँटीको नली पनि कत्रो होला ? के–के निलेको होला ? जमिन पायो क्वाप्ल्वाक्क निल्या छ, दरबार पायो क्वाप्ल्वाक्क निल्या छ ! कत्रो होला नली ? पेट कत्रो होला ?’ 

त्यस्तै मान्छेले आफ्नो बारेमा कुरा उठाइरहेको पनि ओलीले बताए । ‘हाम्रा बारेमा उठाउनेहरू…… अहिले म केही पनि नभनूँ,’ उनले भने। समयले आफै बताउँदै जाने प्रधानमन्त्री ओलीले भने । 

‘समय क्रममा यस्ता कुरा निस्किँदै जान्छन्, हतार गर्नुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने । गलतको बोल्ने ठाउँ संसद् रहेको बताउँदै उनले यस्ता कुरा संसद्मा उठाउन एमाले सांसदलाई निर्देशन दिएका छन्। 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media