२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

सभामुखलाई भेटेर रविले गरे निलम्बन फुकुवाको आग्रह,छलफल जारी फुकुवा होलात निलम्बन?

सभामुखलाई भेटेर रविले गरे निलम्बन फुकुवाको आग्रह,छलफल जारी फुकुवा होलात निलम्बन?

माघ १८ गते, काठमाण्डौ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। शुक्रबार रास्वपाका सांसदहरूसहित सिंहदरबार पुगेका लामिछाने र सभामुख घिमिरेबिच अहिले छलफल जारी छ।

लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख घिमिरेलाई भेट्न गएको बताइएको छ। निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित लामिछानेले निलम्बन फुकुवाका लागि आग्रह  गरेको बताइएको छ।

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पनि निलम्बन फुकुवा भएको उदाहरण दिँदै लामिछानेले आफ्नो हकमा समेत सोही प्रक्रिया लागु हुनु पर्ने र त्यसका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरेको एक नेताले बताए । 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media