२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

संसद्को हिउँदे अधिवेशनको पहिलो दिन रास्वपा सांसदले गरे १५ मिनेट बहिष्कार

संसद्को हिउँदे अधिवेशनको पहिलो दिन रास्वपा सांसदले गरे १५ मिनेट बहिष्कार

माघ १८ गते,काठमाडौँ —१५ मिनेटको बहिष्कारपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा फर्किएका छन् । उनीहरूले बोल्नका लागि सभामुखबाट समय नपाएपछि बैठक १५ मिनेटको लागि बहिष्कार गरेका थिए ।

प्रधानमन्त्री बोलिरहेका बेला रास्वपा सांसद सदनको बैठकमा फर्किएका हुन् । रास्वपा सांसदहरूले प्रधानमन्त्री बोल्नुअघि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका थिए ।

सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको नहींभन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए । उनले भने, ‘ हामीलाई दोस्रो दर्जाका सांसदहरू ठानियो । हामी यो बैठक १५ मिनेटको लागि बहिष्कार गर्छौं ।’

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै रास्वपाले अवरोध गरेको थियो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media