माघ १८ गते,काठमाडौं -गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।
‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उनले आज फिराद पत्र दायर गरेको बुझिएको छ ।
विष्णु भने अहिले अस्ट्रेलियामा छन् । बिबाह पछि एलिना अस्ट्रेलिया गाएकी थिइन् तर उनी ३ महिना मात्र त्यहाँ बसी नेपाल फर्किएकी थिइन् । उनी नेपाल आएपछि उनका समर्थकले सम्बन्ध राम्रो नभएको अनुमान गरेका थिए तर केही समय एलिनाले समर्थकको आशंकालाई सार्वजनिक रुपमै खण्डन गर्दै आएकी थिइन् । उनले सम्बन्ध सुधार्न प्रयास गरे तापनि अन्ततः पछि उनीले सम्बन्ध राम्रो नभएको भनेर अन्तरवार्ता दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
के छ एलिनाले अदालतमा दर्ता गरको फिराद पत्रमा?
‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नुपर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु । विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ ।’
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क