२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकी डलर बढ्दा अरु विदेशी मुन्द्रको विनिमयदरमा के कति परिवर्तन ?

अमेरिकी डलर बढ्दा अरु विदेशी मुन्द्रको विनिमयदरमा के कति परिवर्तन ?

माघ २२ गते,काठमाडौं -नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो।  

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।  

जापानी येन १० को खरिदर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा कायम भएको छ।  

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ नौ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ।  

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media