२०८२ कार्तिक २ आईतवार
19 October 2025, Sunday
Menu
 

विपिनको रिहाइका लागि इजरायलमा दीप प्रज्वलन

विपिनको रिहाइका लागि इजरायलमा दीप प्रज्वलन

फागुन १ गते, काठमाण्डौ-विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायलमा दीप प्रज्वलन गरिएको छ । 

नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले विपिनको रिहाइका लागि दीप प्रज्वलन गरेका हुन् । उनले सन् २०२३ को अक्टोबरमा इजरायली किबुत्जमा हमासको आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीको सम्झनामा प्रार्थना पनि गरे ।

मंगलबार दक्षिणी इजरायलको किबुट्ज अल्युमिममा आयोजित एक समारोहमा न्यूयोर्कमा रहेको बैंक क्रस रिभरको क्वान्टीटेटिभ स्ट्राटेजीज विभागका प्रमुखसमेत रहेका रिजालले विपिनलाई बिना सर्त रिहा गर्नुपर्ने उल्लेख गरे । विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा छन् ।

विपिनको रिहाइ र हमासको हमलामा मारिएका नेपाली नागरिकको सम्झना गर्दै रिजालले दश जना नेपालीले ज्यान गुमाएका स्थानमा उभिएर आफूलाई गहिरो दुःख लागेको बताए । उनले नेपाल र इजरायलबीचको सम्बन्धबारे पनि चर्चा गरेका थिए ।नागरिक

Loading poll ...
Share on Social Media