२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अर्थमन्त्री पौडेल र पोखराका मेयर काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

अर्थमन्त्री पौडेल र पोखराका मेयर काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

फाल्गुन ३ गते,काठमाडौँ —अर्थमन्त्री पौडेल र मेयर आचार्यको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर दुवै घाइते भएका हुन् ।

अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो । त्यहाँ प्राथमिक उपचार भएको थियो ।

घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा हेलिकप्टरमार्फत  पठाइएको कास्की जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको हो । पौडेलको हातमा र अनुहारमा आगोले असर गरेको छ । मेयर आचार्यलाई भने आगोको बढी असर परेको छ ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा झिरझिरेको आगोले टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोट र टोपीमा आगोको झिल्का लागेको थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media