फाल्गुन ७ गते, काठमाडौं- गाजामा युद्धविरामपछि सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)का लागि नेपाली श्रमिकलाई पुन: इजरायल पठाउन सुरू गरेको छ । केयरगिभरका लागि पहिलो चरणमा छानिएका ९१९ जनामध्ये १३ जना (२ जना पुरुष, ११ जना महिला) मंगलबार श्रम गन्तव्यका लागि इजरायल उडेको वैदेशिक रोजगार विभाग अनुगमन तथा जीटूजी सहजीकरण शाखाकाले जानकारी दिएको छ ।
शाखाका अनुसार ‘ इजरायल सरकासँग गरेको सम्झौता बमोजिम हिजो १३ जना नेपाली श्रमिकलाई दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभरका लागि इजरायल पठाएका हो। उहाँहरू हिजो बेलुका ५: १५ मा उडेर आज ६:५५ मा पुग्नुहुनेछ। ‘
शाखाका अनुसार पहिलो चरणमा केयरगिभरका लागि जाने नेपाली श्रमिक ८२ जनाको भिसाको लागेको छ। ‘केयरगिभरमा जाने ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् ।’नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन थालेको नेपालस्थित इजरायली दूताबासले जनाएको छ ।
दूतावासका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने कामदारहरूको पहिलो समूहलाई हिजो इजरायल पठाइएको छ। उनीहरूलाई हिजो नेपालका लागि इजरायली राजदूतखनान गोदेर, वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयका प्रतिनिधिहरूले फुलमालासहित विदाइ गरेका थिए ।
इजरायलको लागि योग्यता पुगेर छानिएका ३ हजार ४६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा २ हजार ११२ जना छानिएका थिए । तीमध्ये पहिलो ९१९ जनालाई पठाउने प्रक्रिया अगाडि बढाएको विभागले जानकारी दिएको छ ।‘९२३ जना मेडिकलमा फिट भएकाछन। तर ४ जनाको प्राविधि कारणले जान नसकेपछि २१९ जना मात्र पहिलो चरणमा जान योग्य भएकाहुन्। जसमा महिला बढी भएको बुझिएको छ।
यसका साथै ९१९ मध्ये ८२ जनाको भिसा लागिसकेको छ भने अन्यको प्रक्रियामा रहेको इजरायल शाखाले बताएको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा अब नेपाली कामदारको संख्या बढेर १३ सय ४५ जना कार्यरत हुनेछन् ।
केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा अर्थात करिब दुई लाख २० हजार रुपैयाँ तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुने र त्यसपछि अधिकतम ५ वर्ष ३ महिनासम्म तोकिने सम्झौतामा उल्लेख छ ।
बिदाइका केही तस्बिरहरु















समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क