२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

फाल्गुन ७ गते, काठमाण्डौ-नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।  

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।  स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ६५ पैसा तय गरिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ। 

जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३६  पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ। 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। 

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ।  राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ। रासस

Loading poll ...
Share on Social Media