२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

शेखरको दाबी: रविले सहकारी ठगेका छन्, सजाय पाउनुपर्छ

शेखरको दाबी: रविले सहकारी ठगेका छन्, सजाय पाउनुपर्छ

फाल्गुन १० गते, काठमाण्डौ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन्। 

शनिवार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो दाबी गरेका हुन्।

‘ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ,’ कोइरालाले भने।तर, मानव अधिकारको विषय कांग्रेसले बुझ्नुपर्ने उनले बताए। विशेषतः उनले रविलाई चितवनबाट पोखरा राति पोखरा लगेका विषयमा फेरि प्रश्न उठाए। 

काँग्रेसीहरूले जबसम्म मानव अधिकारका कुराहरू बुझ्दैनौँ तबसम्म हामी कांग्रेसी हुँदैनौँ’, उनले भने, ‘तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी प्रोटेक्शन लिन सक्दैनौँ । किन लगेको थियो त ?’ – नागरिक

Loading poll ...
Share on Social Media