२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

माओवादीको जागरण अभियान उद्‍घाटन कार्यक्रममै नेताहरु बीच गुटगत संघर्ष व्यक्त कसले के भने ?(भिडियो सहित)

माओवादीको जागरण अभियान उद्‍घाटन कार्यक्रममै नेताहरु बीच गुटगत संघर्ष व्यक्त कसले के भने ?(भिडियो सहित)

फाल्गुन १३ गते, काठमाण्डौ —माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापादेखि सुरु भयो । तर, अभियानकै उद्‍घाटन समारोहमा शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा देखिएको छ ।

खासगरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको ‘मिसअन्डस्ट्यान्डिङ’ सतहमा आउँदा कार्यक्रम नै प्रभावित बनेको हो ।

झापाको कचनकवलस्थित बनियानी बजारमा आयोजित कार्यक्रममा पार्टी पदाधिकारीहरूले पालैपालो मन्तव्य राखे । अध्यक्ष दाहालले सबै पदाधिकारीलाई बोल्न आग्रह गर्दै पार्टीभित्र उठेका प्रश्नहरूको समाधान दिन खोजिएको बताएका थिए ।

यसै शिलशिलामा अभियान उद्‍घाटन सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोल्दै थिए । त्यहीँ बीचमा कार्यक्रम कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि गएर उभिदिए । तत्कालै उपाध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिँदै असन्तुष्टि व्यक्त गरे र मञ्चमा रहेका प्रचण्ड लगायत पदाधिकारी तिर हेरेर माहोल बुझे त्यसपछि माइक नै छाडेर हिँडे । घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए ।

कार्यक्रम सञ्चालक राजु आचार्यलाई उपाध्यक्ष श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?,’ भन्दै आक्रोसित बनेका थिए ।

तर, सञ्चालक आचार्यले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै क्षमा याचना गरेका थिए । ‘नारायणकाजी कमरेड बोल्दा म अनायासै पोडियम अघिल्तिर पुगेछु’, आचार्यले भने,‘तर, मेरो नियत उहाँलाई चाँडो मन्तव्य सक्नु भन्ने थिएन ।’

श्रेष्ठले माइक छाडेपछि अध्यक्ष दाहालले परिस्थितिलाई सम्हाल्ने प्रयास गरे । श्रेष्ठप्रति लक्षित गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो, तर उहाँले मन्तव्य नरोक्दा राम्रो हुन्थ्यो ।’ उनले यसलाई ठूलो विषय नभएको बताउँदै आत्मसमीक्षाको आवश्यकता रहेको बताएका थिए ।

नेतृत्व नै सच्चिनुपर्नेमा जनार्दनको जोड

अभियान थालनीको उद्‍घाटन समारोहमा आयोजित सभालाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व नै सच्चिनुपर्नेमा जोड दिए । माओवादीले पछिल्लो समयमा जनताको आवाज कम सुनेको जनगुनासो रहेको उल्लेख गर्दै उनले समग्रतामा नेतृत्व नै जिम्मेवार हुनुपर्ने बताए ।

‘पार्टीमा के–कस्ता कमजोरी भए ? के समस्याहरू रहे ?’ विश्लेषण जरुरी रहेको भन्दे शर्माले भने, ‘माओवादी नेतृत्वको यो टिमले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ, आफैंले आफैंलाई बदल्नुछ ।’
माओवादी नेतृत्व टिम नै नबदलिने हो भने जनताको आवाजको नेतृत्व गर्न नसकिने उनको भनाइ छ ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादी भित्र चर्कदै गएको अन्तरसंघर्षका गुटमध्येका प्रमुख दुई गुटको नेतृत्वकर्ता बरिष्ट उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा दुवैले मञ्चबाटै अध्क्षय दाहाल सँग असन्तुष्टि व्यक्त गरेको स्पष्ट देख्न र बुझ्नुस् सकिन्थ्यो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस्

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media